जोडिनुहोस
बिहिबार, फाल्गुन २२, २०८१
बिहिबार, फाल्गुन २२, २०८१
  • होमपेज
  • अमेरिकी सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सांसद खतिवडाको माग

अमेरिकी सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सांसद खतिवडाको माग

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद खतिवडाले सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर बारम्बार चर्चा हुने गरेको भन्दै उनले सहयोग रकम नेपालमा कति आएको हो त्यसबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्नेमा उनको जोड थियो ।

‘यस्तो रकम कति नेपालमा आएको हो र क-कसले प्रयोग गरे रु त्यो नेपाल सरकार वा अर्थ मन्त्रालय कसले स्वेत पत्र जारी गर्नुपर्ने हो, त्यो जारी गरियोस्,’ उनले भने ।

एनजीओ र आईएजीओको रूपमा नेपाल आएको र अन्य काममा प्रयोग भएको रकम कति छन् भनेर उनले प्रश्न गरेका हुन् ।

अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर नेपाललाई नै बदनाम गर्ने काम भइरहेको भन्दै उनले सरकारले यसमा भएको के हो त्यसबारे श्वेतपत्रको रूपमा जारी गर्न आग्रह गरे ।

ताजा समाचार

धेरै टिप्पणी गरिएका