जोडिनुहोस
  • होमपेज
  • कालीमाटी–टेकु पुल सञ्चालनको तयारी, लोड टेस्टपछि निर्णय हुने : मन्त्री दाहाल

कालीमाटी–टेकु पुल सञ्चालनको तयारी, लोड टेस्टपछि निर्णय हुने : मन्त्री दाहाल

काठमाडौं । लामो समयदेखि अलपत्र परेको कालीमाटी–टेकु पक्की पुल सञ्चालनमा ल्याउने विषयमा सरकार सक्रिय भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पुलको लोड टेस्ट गरेर सञ्चालनयोग्य भए तुरुन्त खोलिने बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले पुल प्राविधिक रूपमा ठीक भए अदालतको अड्चन नआए सञ्चालनको बाटो खुल्ने बताएका हुन्।

“यदि अदालती आदेशले रोक्दैन भने लोड टेस्ट गरेर पुल चलाउने तयारीमा छौं,” मन्त्री दाहालले भने। निर्माण कम्पनीले पुलमा त्रुटि नभएको बताउँदै आएको छ भने पुल अदालतमा मुद्दा चलिरहेको कारण ठप्प छ। पुल सन् २०७१ मा निर्माण सुरु भई पाँच वर्षमा सम्पन्न भएको थियो। केही समय सञ्चालनमा आए पनि प्राविधिक समस्या देखिएको भन्दै बन्द गरिएको यो पुल अहिले निर्णयको पर्खाइमा छ।

मन्त्री दाहालले सरकारले बाढी, पहिरोको जोखिम क्षेत्रको पहिचान गरी पूर्वतयारी गरिरहेको पनि बताए। “भौतिक पूर्वाधार मन्त्रालय विपद्‌पछिको पुनःनिर्माणका लागि तयारी अवस्थामा छ,” उनले भने। उनले निर्माणसँग सम्बन्धित समस्या समाधानका लागि अदालत, मन्त्रालय, र स्थानीय सरकारबीच समन्वय गरेर अगाडि बढ्ने स्पष्ट गरे। “नेपाल अझै निर्माणको चरणमा छ, तर काम भइरहेको छ,” मन्त्री दाहालको भनाइ थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका