जोडिनुहोस
  • होमपेज
  • झापामा वैध सामान जफत विवाद, एसपी खड्कामाथि व्यवसायीको गम्भीर आरोप !

झापामा वैध सामान जफत विवाद, एसपी खड्कामाथि व्यवसायीको गम्भीर आरोप !

जिल्ला प्रहरी कार्यालय झापाले ब्यापारीहरुलाई अनावश्यक दुख दिन थालेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हालीरहेकी एसपी बसुन्धरा खड्काको नेतृत्वमा ब्यापारीलाई अनावश्यक हैरानी दिएर हतोत्साहित गर्न थालिएको ब्यापारीहरुको आरोप छ ।

गृह प्रशासनलाई काम देखाउने नियतका साथ सम्पुर्ण बैध कागजात भएको सामान ब्यापारीको गोदामै फोडेर भन्सार बुझाएपछी प्रहरी नेतृत्वको गैह्रकानुनी शैली सतहमा आएको हो । घटना बिवरण अनुसार गत आइतबार करिब ४ बजेको समयमा भद्रपुर नगरपालिका ३ स्थित भीमलाल सुवेदीको घरमामा दुर्गा अर्डर सप्लायर्सले सम्पुर्ण कानुनी प्रकृया पुरा गरी आयात गरेर भण्डारण गरिराखेको खरबुजाको बियाँ जिल्ला प्रहरी कार्यालयको टोलीले बिल–बिजक समेत नहेरी जवरजस्ती उठाएर भन्सार दाखिला गरेको थियो ।

बिल–बिजक भएको सो सामान बरामद गर्न करिब ५० जनाको प्रहरी दस्ता लिएर सादा पोसाकमै एसपी खड्का गोदाममा पुगेकी थिइन । प्रहरीसगँको सम्पर्कमा सप्लायर्सका मालिक राजेन्द्र थापा मगरले आफ्नो सामान बैध भएको, बिलबिजक पनि भएको र आफु अलि टाढा भएकाले आउन समय लाग्ने बताएका थिए ।

तर, प्रहरीले जबरजस्ती ताला फुटाएर समान लगेको भिडियोमा देखिन्छ । साथै, सामान धनी मगरले तपाँईहरुलाई अवैध भएको शंका लागे आफु आईपुग्ने समयसम्म गोदाम शिल गरेर राख्न र त्यसपश्चात मात्रै थप प्रकृया अघि बढाउन प्रहरीलाई पटक–पटक आग्रह गरेको बताए । तर, प्रहरीले भने कसैको कुरा नसुनी समान लगेको थापाको भनाई छ ।

प्रहरीले बरामद गरेको सामान भोलीपल्टै भद्रपुर भन्सार कार्यालय बुझाएको प्रहरीले भद्रपुर भन्सारलाई लखेको पत्रबाट देखिन्छ । सप्लायर्सका संचालकसँग भएको कागजातका आधारमा प्रहरीले अबैध भन्दै गोदाम फोडेर वरामद गरेको बियाँमध्ये कुबेर एक्जीम काठमाडौंको शाखा बीरगन्जबाट गत बैशाख १३ गते ४५० बोरा माँ दुर्गा अर्डर सप्लायर्सले खरिद गरेको कागजातबाट पुष्टि हुन्छ ।

त्यस्तै पशुपती एक्जीम काठमाडौंले जेठ १३ गतेको मितिमा माँ दुर्गा अर्डर सप्लायर्सलाई ५ सय २५ बोरा बियाँ बिक्री गरेको अनलाईन भ्याट बिलमा देखिएको छ । यस्तै सम्बन्धित कार्यालयमा दर्ता भएको र सबै बिल–बिजक भएको समाग्री भन्सार बुझाएको बिवरण प्रेस गरेको बिज्ञप्तीमा भने प्रहरी आफै नराम्ररी चिप्लिएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आफ्‌नो फेसबुक पेजमा राखेको बियाँ बरामद सम्बन्धि प्रेस नोटमा अबैध रुपमा लुकाई छिपाई राखिएको खरबुजाको बिउ बरामद भनि लेखेको भएपनि गोदाम दर्ता भएको नभएको, भएको बिलबिजक हेर्दै नहेरी सामान उठाएको प्रती झापाका ब्यवसायिहरुले आपत्ति जनाएका छन् ।

काम देखाउने नाममा हचुवाको भरमा गरिने प्रहरीको यस्ता गतिबिधिले लगानीको वाताबरण नै नभएको ब्यापारीहरुको टिप्पणी छ । तस्करी गर्नै उद्धेश्यका साथ राखेको भनि प्रहरीले कपोकल्पित कुराका आधारमा कानुन हातमा लिएको ब्यापारीहरुको बुझाई छ । यस बिरुद्ध अदालत गुहार्नुको बिकल्प नरहेको संचालक थापा मगरले बताए ।

बिल–बिजक भएको सामान भन्सारले नबुझ्ने छनक पाएपछी डिजीलाई सोर्स

बिल–बिजक सहितको समान गोदामबाटै प्रहरीले उठाएको थाहा पाएपछी भद्रपुर भन्सार कार्यालयले सामान बुझ्‌न नसकिने सुईको प्रहरीलाई दिएको भन्सार स्रोत बताउँछ । तर, प्रहरी इन्जार्चले इज्जतको सवाल भन्दै उच्च पदस्थ कर्मचारीमार्फत भन्सार बिभागका डिजीलाई फोन गरेपछी भद्रपुर भन्सार पनि सामान बुझ्‌न बाध्य भएको स्रोतको दाबी छ ।

झापाका सिमानाकामा तस्करी बढ्यो

पछील्लो समय भारतसँग जोडिएका दक्षिणी क्षेत्रबाट रातारात तस्करी भईरहेको बिभिन्न स्रोतहरुले जानकारी दिएका छन् । झापाको केचना र घेराबारी नाकाबाट रातको समयमा कपडा, रजनिगन्धा, भारतमा बनेका चिसो पेय पदार्थ, सुर्ती लगायका सामानको तस्करी बढेको पाईएको हो ।

प्रहरीले पुर्वी नाकामा भान्सार छलीमा कडाई गरेजस्तो देखिएपनी दक्षिणतिरबाट रातारात कडोरौको सामान नेपाल छिर्ने गरेको स्रोत बताउँछ । त्यसरी तस्करी भएर आएका अबैध भारतीय समान झापाका बिर्तामोड, दमक, सुरुङा जस्ता बजारको पसल–पसलमा छ्याछ्यास्ती पाउन सकिन्छ । यसले पनि तस्करीको मात्रा बढेको थप पुष्टि हुन्छ भने प्रहरीको साथ बिना यत्रो कामै हुन नसक्ने स्थानियको बुझाई छ ।

यसरी भारतीय सामान छिराउने सेटीङ मिलाउने काम भने जिल्ला प्रहरी कार्यालयमा बर्षौदेखी घुमुवाका रुपमा कार्यरत मोती थेबे नामका प्रहरी कर्मचारीले गर्दै आएको स्वयम् ब्यापारीहरु नै बताउँछन् ।

थेबेलाई अहिले घुमुवा भनेर स्पष्ट रुपमा नतोके पनि कोटमाटर्सका रुपमा उनि जिल्ला प्रहरी कार्यालयमै कार्यरत छन् । तर, तस्करहरुसँग फोन मार्फत कुरा मिलाएपछी कार्यालयबाट सुटुक्क निस्किएर तस्करहरुसँग भेटघाट गर्ने गरेको उनिहरुको दाबी छ ।

एसपी खड्काले सरकारका मुख्य मान्छेहरुसँग आफ्‌नो प्रत्यक्ष सम्पर्क भएको भन्दै जुनियर अधिकृतहरुलाई पेल्ने गरेको नाम नबताउने शर्तमा प्रहरीहरुले नै बताउँदै आएका छन् । यसअघि पनि एसपी खड्काले नै सरकारका शक्तीकेन्द्रसँग मिलेर आफ्‌नो श्रीमान्‌लाई रोजेकै ठाउँमा पठाउन एसएसपीहरुको सरुवा नै रोकेको समाचारहरु सार्वजनिक भएका थिए ।

नभन्दै उनले आफ्‌ना श्रीमान् एसएसपी दिलिप घिमिरेलाई काठमाडौं प्रहरी परिसरको प्रमुख बनाईछाड्नुले पनि उनि सरकारका शक्तीकेन्द्र रिझाउने काममा लागेको भन्ने सार्वजनिक आरोप केही हदसम्म पुष्टि हुने प्रहरीहरु नै बताउँछन् ।

पुजन घिमिरे । झापा