
काठमाडौं, धादिङको थाक्रे गाउँपालिका–२ समनटारबाट प्रहरीले अवैध लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ ।
मकवानपुरको थाहा नगरपालिका–८ बस्ने ३५ वर्षीया लक्ष्मी पुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट आठ किलो ५२५ ग्राम चरेस बरामद गरिएको छ ।
पालुङबाट धादिङको महादेवबेशीतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको यात्रुबाहक बसलाई इलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको प्रहरीले जानकारी दिए ।