जोडिनुहोस
  • होमपेज
  • आजदेखि सन् २०२५ को डीभी लट्री खुल्दै, राति ९:४५ देखि भर्न सकिने

आजदेखि सन् २०२५ को डीभी लट्री खुल्दै, राति ९:४५ देखि भर्न सकिने

सन् २०२५ को डिभी लट्री आज (बुधबार) राति ९ः४५ बजेदेखि खुल्ला हुँदैछ। अमेरिकी सरकारको विदेश मन्त्रालयका अनुसार लट्री नोभेम्बर ७ को राति ९ः४५ बजेसम्म खुल्ला रहनेछ।

अमेरिकी सरकारले हरेक वर्ष विश्वका विभिन्न मुलुकका ५० हजार नागरिकलाई अमेरिकामा स्थायी बसोबासको मौका दिन डाइभर्सिटी भिसा लट्री खोल्दै आएको छ। नेपाल पनि यो लट्री भर्न सक्ने देशको सूचीमा सूचिकृत छ। यसैको उपयोग गर्दै ठूलो संख्यामा भाग्यमानी नेपालीहरू पनि अमेरिका आइरहेका छन्।

अमेरिकी सपना साकार पार्ने एक माध्यमका रूपमा रहेको डीभी भर्ने बेला नेपालमा चाड आएजस्तै हुन्छ। नेपालीका दुई ठूला चाड दशै-तिहारको छेको पारेर आउने यो डिभी लट्री चाडमा हजारौ नेपाली सहभागी हुन्छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका