जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ३४ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८१ साल कात्तिक २ गते शुक्रबारको राशिफल

आज २०८१ साल कात्तिक २ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः सञ्चित धन खर्च हुनेछ। आफ्ना हातले ठुलो व्यवहार नगर्नु राम्रो हुनेछ। साथी र संगठनको बलमा समाजमा राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। रोगबाट मुक्त हुने दिन छ। परिवारको साथ मिल्नेछ।

वृषः तपाईंको बोलीमा मोहनी भएकाले धेरै मानिस प्रभावित हुनेछन्। तपाईंको सफलता देखेर जल्नेहरु सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा राम्रो फाइदा हुनेछ। साथी र परिवारको साथ मिल्नेछ।

मिथुनः व्यवहारमा लामो समयदेखि देखिएको समस्याको समाधान हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुने दिन छ। तपाईंका विश्वास पात्रले विपक्षीको कित्तामा वकालत गर्दै गरेको सुन्नुपर्ने हुनसक्छ। परिवारसँग रमाइलो यात्रा तय हुनेछ।

कर्कटः शिक्षा क्षेत्रमा गरेको लगानीबाट नाम र दाम प्राप्त हुने योग छ। राजनीतिक क्षेत्रमा तपाईंको खुट्टा तान्ने मानिस सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारमा सल्लाह गरेर अगाडि बढेमा तपाईंका काम बन्नेछन्।

सिंहः महत्त्वपूर्ण काम गर्नु भन्दा अगाडि बन्धुसँग सल्लाह गर्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। खानामा अरुचि बढ्नसक्छ।

कन्याः लगानीका क्षेत्र सबल छन्। तपाईंको खर्च भन्दा आम्दानी राम्रो छ। परिवारमा साथ र सहयोग गर्नेको संख्या ठुलो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः तपाईंको कला र गलाको प्रशंसा हुनेछ। धन आर्जनको क्षेत्रमध्ये वैदेशिक लगानीमा उत्साह मिल्नेछ। परिवारको तर्फबाट धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

वृश्चिकः शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यमा भएका विसंगतीविरुद्ध आवाज उठाउने अवसर मिल्नेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमै धन आर्जनको बाटो भेटिने छ। परिवारसँगको सम्बन्ध यथावत रहनेछ।

धनुः गुम्न लागेको धन हात लाग्नेछ। पुरानो रोग बल्झिने खतरा भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने समय छ। संकटमा परिवारको भने राम्रो साथ र सहयोग मिल्नेछ। प्रेम सफल बन्नेछ।

मकरः अनुत्पादक क्षेत्रमा लगानी गर्ने बानीले मन अशन्त बन्नसक्छ। आफन्त र साथीभाइको साथ मिल्नेछ। बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने समय छ। राजनीतिक संगठनको बलमा सोचेका काम सफल बन्नेछ।

कुम्भः शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कुनै योजना बनाएको भए साथीभाइको साथ मिल्नेछ। योजना सार्वजनिक गर्नु भन्दा सुरुमै काम गर्नु राम्रो हुनेछ।

मीनः आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन प्रशन्न रहनेछ। खानपानमा ख्याल नगर्ने बानीले रोगले सताउनसक्छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका