जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • भारत सरकारको सहयोगमा निर्मित संखुवासभा जिल्लाको दिदिङ आधारभूत विद्यालयको विद्यालय भवन उद्घाटन

भारत सरकारको सहयोगमा निर्मित संखुवासभा जिल्लाको दिदिङ आधारभूत विद्यालयको विद्यालय भवन उद्घाटन

संखुवासभा— कोशी प्रदेशको संखुवासभा जिल्लाको चिचिला गाउँपालिका—३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको विद्यालय भवनको उद्घाटन भएको छ ।

उक्त विद्यालयको उद्घाटन काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष  पासाङ नुर्बु शेर्पाले संयुक्त रूपमा गरे ।

विद्यालय भवन र अन्य सहयोगी संरचनाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र यसको कार्यान्वयन संखुवासभाको चिचिला गाउँपालिकामार्फत गरिएको थियो ।

सन् १९६२ मा संखुवासभा जिल्लामा स्थापना भएको श्री दिदिङ आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी) देखि कक्षा ५ सम्म अध्यापन हुने गरेको छ । । चिचिला गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहायोगको प्रशंसा गरे ।

नयाँ पूर्वाधारले यहाँको सिकाइको वातावरणमा सुधार ल्याउने र यस क्षेत्रको शिक्षा क्षेत्रलाई सुदृढ बनाउने उनीहरुले विश्वास व्यक्त गरे । भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।