जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ५१ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८१ साल मंसिर १४ गते शुक्रबारको राशिफल

आज २०८१ साल मंसिर १४ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः सञ्चित धन खर्च हुने दिन छ। तपाईंको उत्साह खोसिने जोखिम छ। साना कुराले मन अशान्त हुनसक्छ। वैदेशिक रोजगारीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृषः दिन सहज छ। हरेक क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ। विदेशी शिक्षा प्राप्त गर्ने चक्कर बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शुभ ग्रहको बहुमत भएकाले प्राविधिक शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ।

मिथुनः अनुत्पादक क्षेत्रको लगानीले तपाईंलाई दुःखी बनाउने छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। विपक्षी शान्त भएकाले आफ्नो काम बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कटः थोरै बोलेर अगाडि बढ्ने दिन छ। स्वास्थ्यमा पेट सम्बन्धी समस्या हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुपर्नेछ। गुरुकुलको शिक्षाप्रति सुझाव बढ्नेछ। धार्मिक शिक्षाले मन शान्त बन्नेछ। परिवारले हरेक ठाउँमा निगरानीमा राख्नेछन्।

सिंहः दिन सहज छ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा झुकाब बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारको व्यवस्थापन गर्न नसक्दा खटपटी बढ्नेछ।

कन्याः दिन सहज छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः कला र गलाको प्रदर्शन गर्ने दिन छ। एकल निर्णय गर्नु भन्दा दाजुभाइको सल्लाहमा अगाडि बढ्नु सहज हुनेछ। परिवार भित्रबाट भन्दा बाहिरबाट प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः बोली र व्यवहारलाई पारदर्शी बनाउनु आवश्यक देखिन्छ। आम्दानीका क्षेत्र धेरै भएपनि एउटा बाटोलाई दीर्घकालीन बनाउनु राम्रो हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। सानो कुराले परिवारमा भने झन्झट आइपर्ने जोखिम छ।

धनुः दिन सहज छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। एकल निर्णय भन्दा साथीभाइसँगको सल्लाहमा गरेको काम प्रभावकारी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको भय भने कायमै रहेको छ।

मकरः अन्त्य साढेसाती दशा चले पनि शुभग्रहको बहुमत भएकाले साथीको सल्लाहमा गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्धमा धोका हुने जोखिम रहेकाले थोरै बोल्नु फाइदाजनक हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ।

कुम्भः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यवहारिक समस्या भए पनि शनिदेवको शान्तिका लागि शिवभजन सुनेमा फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः दैनिकी सहज भए पनि खानपानको ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। बोली र व्यवहारमा एकरुपता नहुँदा साथीले आलोचना गर्नेछन्। बिहान उठेर गणेशको भजन मात्र सुनेमा दिन सहज बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका