जोडिनुहोस
  • होमपेज
  • आफ्नो शरीरमा आगो लगाएका चन्द्रागिरिका एक व्यक्तिकाे उद्धार

आफ्नो शरीरमा आगो लगाएका चन्द्रागिरिका एक व्यक्तिकाे उद्धार

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। उनलाई उद्धार गरी कीर्तिपुरको बर्न अस्पताल पुर्‍याइएको छ।

गएराति साढे १२ बजे स्थानीय उत्तम कार्कीले फेसबुक लाइभ गरेर आफ्नो शरीरमा आगो लगाएका थिए। घटना जानकारी पाएपछि प्रहरी पुगेर उनलाई उद्धार गरेको थियो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिल बोहराका अनुसार उनको हात र अनुहार जलेको छ, तर स्वास्थ्य अवस्था सामान्य छ।

फेसबुक लाइभमा कार्कीले एक युवतीले मानसिक तनाव दिएको, आफ्नै कारण पक्राउ परेको, पारिवारिक सम्बन्ध प्रभावित भएको र प्रहरीले गुनासो नसुनेको बताएका थिए। उनले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने उल्लेख गरेका थिए।

प्रहरीका अनुसार उनलाई अभद्र व्यवहारको आरोपमा यसअघि १८ दिन हिरासतमा राखिएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका