
काठमाडौं। इटहरीस्थित इलाइट सिनेमा हललाई तीन लाख रुपैयाँ जरिबाना तिराइएको छ ।
तोकिएको मूल्य भन्दा बढी मूल्यमा पानी बेचेको भन्दै हललाई जरिबाना तिराइएको हो ।
उपभोक्ताले उजुरी दिएपछि वाणिज्य कार्यालय विराटनगर र इटहरी उपमहानगरपालिका राजश्व शाखाको टोलीले बिहीबार इलाइट सिनेमा हलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा इटहरी ४ मा रहेको इलाइट सिनेमा हलले किन्ले ब्राण्डको पानी अधिकतम खुद्रा मूल्यभन्दा धेरैमा बिक्री गरेको पाइएको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका सूचना अधिकारी दीर्घबहादुर घिमिरेले बताए ।