
काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगेका छन् । उनी सवार विमान आज बिहान राजधानी हनोईको नोइ बाई विमानस्थलमा अवतरण भएको हो ।
विमानस्थलमा पुटिनलाई भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हा र कम्युनिष्ट पार्टी अफ भियतनाम (सीपीसी) केन्द्रीय समितिका प्रमुख ली होइ ट्रुङले स्वागत गरेका थिए ।
रुसी सञ्चारमाध्यम आरटीका अनुसार पुटिनले राष्ट्रपति तो लाम र प्रधानमन्त्री फाम मिन्ह चिन लगायतका शीर्ष भियतनामी अधिकारीहरूसँग भेट गर्नेछन् । उक्त वार्तामा दुई देशबीच आर्थिक साझेदारी, व्यापार, वैज्ञानिक तथा प्राविधिक सहयोगका साथै अन्य विषयमा छलफल हुनेछ ।