
बिहान ११ बजे बस्ने तय भएको एकीकृत समाजवादीको सचिवालय बैठक ३ घण्टा ढिला गरी सुरु भएको छ ।
विधान संशोधन मस्यौदामाथि छलफल गर्न एकीकृत समाजवादीको बैठक बसेको हो । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक मिति परिवर्तन गरेर पुस २ र ३ गतेलाई सारिएको थियो । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड, पार्टीको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिका साथै विधान संशोधनका लागि गठित कार्यदलले तयार पारेको विधान संशोधन मस्यौदामाथि छलफल हुनेछ ।