जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५६ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५७ मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • एमालेनिकट दलित संगठनमा भाडभैलो, च्यातियो माइन्यूट

एमालेनिकट दलित संगठनमा भाडभैलो, च्यातियो माइन्यूट

नेकपा एमालेनिकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय विवाद अब प्रदेशतिर पनि देखा पर्न थालेको छ।

आइतबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रथम बागमती प्रदेश सम्मेलनमा नेतृत्वले आफू खुशी प्रतिनिधिको भावनाविपरीत एकतर्फी ढंगले कमिटी घोषणा गरेपछि विवाद भएको हो।

मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर वि। पौडेलको प्रमुख आतिथ्य र नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका ईन्चार्ज भानुभक्त ढकालको विशेष आतिथ्यमा सम्मेलन सञ्चालन भएको थियो।

केन्द्रीय अध्यक्ष मनोहर वि। पौडेलले बन्दसत्रको म्यानडेटविपरीत, अलोकतान्त्रिक तथा जनताको बहुदलीय जनवादको खिलाफ आफू खुशी आफ्ना निकटका मान्छेलाई राखेर नाम लिस्ट घोषणा गर्न लागेपछि माइन्यूट च्यातिएको अध्यक्षका प्रत्याशी रमेशमान सुनारले बताए।

केन्द्रीय कमिटीमा के के गर्नुहुन्छ गर्नुस् तर बागमती प्रदेशमा सार्वभौम प्रतिनिधिलाई आफ्नो विवेकको प्रयोग गर्न दिनुस् भन्दा जबर्जस्ती केन्द्रीय कमिटीले नाम पढ्न लागेपछि प्रतिकार गरिएको हो, रमेशमान सुनारले भने।

अध्यक्षका अर्का प्रत्यासी नुवाकोटका नारायण दुलालले नेतृत्वमा अंहकारी र दम्भ देखिएको बताए। संगठनमा कुनै योगदान नै नभएको, चाकडी र चाप्लुसीका आधारमा मनोमानी ढंगले व्यक्ति छनोट गरिएकोले उपाध्यक्ष पद बहिष्कार गरेको उनले बताए। नेतृत्व नसच्चिए फरक ढंगले जान सकिने दुलालले चेतावनी दिए।

त्यस्तै असन्तुष्ट हुनेहरुमा मकवानपुरका गोविन्द विक, धादिङका कुमार विश्वकर्मा र सिन्धुलीका डम्बर विक पनि रहेका छन्। मुक्ति समाज धादिङ जिल्ला कमिटीले अध्यक्ष मण्डलको ज्यादती स्वीकार्य नहुने बताएको छ।

मुक्ति समाजको केन्द्रीय कमिटीमा हरि नेपाली, राजेश नेपाली, दिनेश अच्छामी, रामलाल राजवंशी विक, विष्णु कुमार विक, सुनिता रामदाम, राजेन्द्र विश्वकर्मा, कल्पना सुनारलगायत ५० भन्दाबढी सदस्यले नेपालको दलित आन्दोलनलाई नयाँ वैचारिक ढंगले अगाडि बढाउनुपर्ने, पार्टीमा मुक्ति समाजले उठाएको मुद्दा समेट्नु पर्ने, नेतृत्वको मनोमानी सच्चिनु पर्ने माग गर्दै फरक मतका साथ आफ्नो विरोध जनाइरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्