Breaking News
थरुहट–थारूवान संघर्ष समितिको चेतावनी :रेशम चौधरीले अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने

काठमाडौं । थरुहट थारूवान संघर्ष समितिले नाउपा संरक्षक रेशम चौधरीको हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ।
नेपाल मगर संघका पूर्वअध्यक्ष स्व. गोरेबहादुर खपाङ्गी मगरको स्मृति दिवसमा आयोजित कार्यक्रममा चौधरीले “थारू नेताहरूले आफूलाई झ्यालखाना पठाएको” टिप्पणी गरेका थिए। समितिले यसलाई निराधार, भ्रामक र थारू आन्दोलनलाई कमजोर पार्ने गैरजिम्मेवार अभिव्यक्ति ठहर गरेको छ।
संघर्ष समितिका अध्यक्ष प्रेमीलाल चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “सदियौँदेखिको उत्पीडनविरुद्ध थारू समुदाय एकताबद्ध भई न्याय, अधिकार र पहिचानका लागि संघर्षरत छ। यस्तो संवेदनशील समयमा चौधरीले गरेको कपोकल्पित टिप्पणी थारू आन्दोलनमाथि नै राजनीतिक बेइमानी हो।”
समितिले रेशम चौधरीलाई गलत आरोप फिर्ता लिएर सार्वजनिक माफी माग्न चेतावनी दिएको छ। साथै, गैरजिम्मेवार अभिव्यक्ति रोक्न सचेत रहन आग्रह गरेको छ।






















