
हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३१ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी नगरपालिका-७ बस्ने ३३ वर्षीय शंकर स्याङ्तान र ४० वर्षीय रामशरण प्रजा रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.१ ह ८३२४ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको पछाडि भागमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी अटो चालक शंकर र अटोमा सवार रामशरणलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।