
पोखरा।नेपाली कांग्रेसका ७ वटै प्रदेश सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ ।
नेपाली कांग्रेसको आगामी मंसिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी संगठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा हुने भेलाको उद्घाटन पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको उनले बताए । भेलामा प्रदेश समितिको भूमिका एवम् पार्टीको संस्थागत विकासलगायतमा छलफल हुने जनाइएको छ ।