
काठमाडौं – काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयरको जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ ।
तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । जहाजमा दुई जना प्यासेन्जर पनि थिए ।
जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा केही भएको थिएन । ल्याण्ड गरेपछि मात्रै पाइलटले त्यसबारे जानकारी पाएका थिए । सिसा बाटोमै खसेको आशंका गरिएको छ ।
जहाज सकुसल अवतरण गरिएको बताइएको छ ।