जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेशमाथि मधेशको १६५ रनको फराकिलो जित

कोशी प्रदेशमाथि मधेशको १६५ रनको फराकिलो जित

काठमाडौं– जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी सुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशमाथि १६५ रनको फराकिलो जित हासिल गरेको हो ।

मधेश प्रदेशले दिएको २८५ रनको लक्ष्य पछाएको कोशी प्रदेशले २२ ओभरमा अल आउट हुँदै ११९ रन मात्र बनाएको थियो ।कोशी प्रदेशको ब्याटिङ लाइनलाई ध्वस्त गर्नेक्रममा मधेशका रूपेश सिंहले ५ विकेट लिएका थिए भने राजेश यादवले ३ विकेट लिएका छन् ।

यसअघि पहिला ब्याटिङ गरेको मधेश प्रदेशले ५० ओभरमा ६ विकेट गुमाउँदै २८४ रन बनाएको थियो ।मधेशका लागि पवन सराफले सर्वाधिक ९२ रन बनाए भने कप्तान अनिल शाहले ७५ एन बनाए भने दिपेश दासले ५६ रन बनाएका थिए । यो जितपछि मधेश प्रदेशले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ भने कोशी प्रदेशले लगातार दोस्रो हार बेहोरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका