जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ६0 मिनेटutes अगाडि
  • होमपेज
  • क्यानडाका अरबपति स्ट्रोङ्कमाथि यौन दुर्व्यवहारको आरोप

क्यानडाका अरबपति स्ट्रोङ्कमाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौं– क्यानडाका चर्चित व्यापारी फ्रान्क स्ट्रोङ्कलाई यौन उत्पीडनको आरोप लागेको छ । स्ट्रोङ्क विश्वको सबैभन्दा ठूलो अटो पार्ट्स कम्पनीका संस्थापक हुन् ।

प्रहरीले केही शर्तमा स्ट्रङ्कलाई पक्राउ गरेर तत्कालका लागि रिहा गरेको छ । उनी पछिको मितिमा ओन्टारियोको ब्राम्प्टनको अदालतमा उपस्थित हुन भनेको छ । क्यानडाको पील क्षेत्रीय प्रहरीले ९१ बर्षिय स्ट्रोङ्कलाई १९८० र २०२३ को बीचमा महिलाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ । चर्चित व्यापारीमाथि बलात्कार, यौन दुर्व्यवहार र महिलालाई जबरजस्ती थुनामा राख्नेलगायत पाँच वटा अपराधको आरोप लागेको छ ।

स्ट्रोङ्कमाथि एकभन्दा बढी महिलाले शोषण गरेको आरोप लागेको प्रहरीले बताएको छ । यद्यपि कति महिलाले यस्तो आरोप लगाएका थिए भन्ने जानकारी प्रहरीले दिएको छैन । साथै प्रहरीले स्ट्रोङ्कले अन्य महिलालाई यस्तो व्यबहार गरेको भए अगाडी आउन समेत अपिल गरेको छ ।

स्ट्रोङ्कको जन्म अस्ट्रियामा १९३२ मा जन्म भएको हो । उनले १४ वर्षको उमेरमा स्कूल छोडे र स–साना काम गर्न थाले । यो अवधिमा उनले पार्टपुर्जा कम्पनीमा काम गरे । उनले छापाखानामा डाइमेकरको रूपमा पनि काम गरे । सन् १९५४ मा राम्रो भविष्यको खोजीमा उनी एउटा ब्रिफकेस र केही सय डलर लिएर क्यानडा गए ।

सन् १९५७ मा उनले आफ्नो घरको ग्यारेजमा कम्पनीको जग बसालेर अटो पार्ट्सको व्यवसाय सुरु गरे । उनको व्यापार चल्यो । उनको करियरको ठूलो चरण सन् १९६९ मा आयो जब उनले म्याग्ना इलेक्ट्रोनिक्स प्राप्त गरे । सन् १९७३ मा उनले आफ्नो कम्पनीको नाम म्याग्ना इन्टरनेशनल राखे । हाल उनको कम्पनी ३४ देशमा फैलिएको छ ।

उनको कम्पनीमा १ लाख ७० हजार कर्मचारी कार्यरत छन् । उनको कम्पनीले हरेक वर्ष ४० अर्ब डलरको व्यापार गर्छ । उनको कम्पनीले घोडा दौडको व्यवसाय पनि गर्छ । फ्रान्क स्ट्रोन्क कुनै समय क्यानडाका धनी व्यक्तिहरूमध्ये एक थिए । हाल उनको कुल सम्पत्ति १.५ बिलियन डलर रहेको । हाल उनी देशको ३१औं धनी व्यक्ति हुन् ।

फ्रान्क स्ट्रोङ्कले सेप्टेम्बर २०१२ मा ‘टीम स्ट्रङ्क’ नामको दक्षिणपन्थी पार्टी गठन गरे । अर्को वर्ष भएको निर्वाचनमा उनको पार्टी देशको तेस्रो ठूलो दल बन्यो । यसपछि उनी २०१३ मा अस्ट्रिया गए । तर २ महिनाभित्रै उनी फेरि क्यानडा फर्किए ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका