जोडिनुहोस
  • होमपेज
  • वर्षाले प्रभावित खेलमा यूएईमाथि नेपालको महत्त्वपूर्ण जित

वर्षाले प्रभावित खेलमा यूएईमाथि नेपालको महत्त्वपूर्ण जित

यू १९ विश्वकप एसिया छनोटमा नेपालले आइतबार विजयी सुरुवात गरेको छ । मूलपानी मैदानमा आइतबार भएको खेलमा नेपालले यूएईलाई ५ रनले पराजित गरी विजयी सुरुवात गरेको हो । वर्षाका कारण ढिला सुरु भएको खेल अन्तिममा पनि वर्षा तथा ब्याड लाइटको प्रभाव परेको थियो । ४०–४० ओभरमा खेलाइएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेटमा २०० रन बनाएको थियो । जवाफमा यूएईले ३६ ओभरमा १७१ रन बनाउँदा खेल रोकियो । त्यसपछि खेल फेरि हुन नसक्दा नेपाल डीएलएसअनुसार ५ रनले विजयी भएको हो । यूएईका यायिन किरण राईले नटआउट १०३ रन बनाएका थिए । तर, खराब प्रकाशका कारण रोकिएको खेल फेरि सुरु हुन नसकेपछि नतिजा नेपालको पक्षमा गएको हो । यो छनोट प्रतियोगिताबाट एक टिम आगामी वर्ष हुने विश्वकपका लागि छनोट हुनेछ । नेपाल, यूएई, अफगानिस्तान, हङकङ र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । आइतबार भएको अर्को खेलमा अफगानिस्तानले ओमानमाथि जित निकालेको छ ।

धेरै टिप्पणी गरिएका