Breaking News
विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

फिफा विश्वकप २०२६ अन्तिम चरणतर्फ उन्मुख भएको छ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको ४८ टोली सहभागी प्रतियोगितामा समूह चरण र अन्तिम ३२ (राउन्ड अफ ३२) का खेल सकिएसँगै अब अन्तिम १६ को प्रतिस्पर्धा रोमाञ्चक बनेको छ।
प्रतियोगितामा यसअघि चार पटकको विश्वविजेता जर्मनी र बलियो दाबेदार नेदरल्यान्ड्स अप्रत्याशित रूपमा राउन्ड अफ ३२ बाटै बाहिरिएका छन्। दुई पटकको विश्वविजेता उरुग्वे भने समूह चरण पार गर्न असफल भयो। पहिलो पटक विश्वकप खेलेको केप भर्डले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयसम्म धकेल्दै कडा चुनौती दिएको थियो।
अन्तिम १६ अन्तर्गत हालसम्म दुई खेल सम्पन्न भएका छन्। सह–आयोजक क्यानडालाई ३–० ले पराजित गर्दै मोरक्को क्वाटरफाइनलमा पुगेको छ भने फ्रान्सले पाराग्वेमाथि १–० को जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ।
अब अन्तिम १६ का बाँकी ६ खेल हुन बाँकी छन्। ब्राजिल र नर्वेबीचको खेलसँगै अर्को चरणका प्रतिस्पर्धा अघि बढ्नेछन्। त्यसपछि इंग्ल्यान्ड–मेक्सिको, पोर्चुगल–स्पेन, अमेरिका–बेल्जियम, अर्जेन्टिना–इजिप्ट तथा स्विट्जरल्यान्ड–कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ।
नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका:
- ब्राजिल vs नर्वे — सोमबार बिहान १:४५ बजे
- इंग्ल्यान्ड vs मेक्सिको — सोमबार बिहान ५:४५ बजे
- पोर्चुगल vs स्पेन — सोमबार राति १२:४५ बजे
- अमेरिका vs बेल्जियम — मंगलबार बिहान ५:४५ बजे
- अर्जेन्टिना vs इजिप्ट — मंगलबार राति ९:४५ बजे
- स्विट्जरल्यान्ड vs कोलम्बिया — मंगलबार राति १:४५ बजे
यी खेलहरूको विजेताले क्वाटरफाइनलमा स्थान बनाउनेछन्, जहाँ उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यका साथ विश्व फुटबलका शक्तिशाली टोलीहरू आमनेसामने हुनेछन्।




















