
सोमबार बिहान मेक्सिकोविरुद्ध हुने खेलका क्रममा इङ्गल्यान्डका खेलाडीलाई मेडिकल स्टाफले भियग्रा प्रयोगको अनुमती दिएको बेलायती पत्रिका द सन ले उल्लेख गरेको छ । २२ सय मिटरभन्दा माथिको उचाइमा खेल हुने भएपछि चिकित्सकीय सल्लाह बमोजिम अल्टिट्युड सिकनेससँग जुध्न उनीहरूले भियग्रा प्रयोग गर्न अनुमति दिएको हो ।
एन्टी(डोपिङको नियमले खेलाडीहरूलाई यो औषधिको प्रयोग गर्न बन्देज नलगाएको दाबी गरिएको छ ।
भियग्रा यौन दुर्बलताका लागि प्रयोग गरिने औषधि हो । विश्व एन्टी(डोपिङ एजेन्सीको सन् २०२६ को प्रतिबन्धित औषधिको सूचीमाबाट हटाएको छ । भियाग्राले फोक्सोको रक्तचाप कम गर्न मद्दत गर्ने ,धेरै उचाइ भएको स्थानमा हुने थकान र रिंगटा लाग्ने समस्या कम गर्ने विभिन्न अध्ययनहरुले जनाएका छन् ।
इङ्गल्याण्डका खेलाडीहरूले सो औषधि प्रयोग गर्नेबारे आफ्नो धारणा सार्वजनि गरेका छैनन् । प्रशिक्षक थोमस टुचेल मेक्सिकोको भौगोलिक कठिनाइसँग जुध्न सबैखाले उपाय लगाउने तयारी रहेको प्रतिक्रिया दिएका छन् ।
इङ्गल्याण्ड र मेक्सिकोबीच सोमबार बिहान पौने ६ बजे अन्तिम १६ को खेल हुँदैछ । यो खेल ऐतिहासिक ‘एज्टेका’ रंगशालामा हुँदैछ । रंगशाला समुद्री सतहबाट २,२०० मिटरभन्दा माथिको उचाइमा रहेको स्रोतले जनाएको छ । उचाइमा हावामा अक्सिजन कम हुने भएकाले खेलाडीहरूलाई छिट्टै थकान हुने, सास फेर्न गाह्रो हुने समस्या आउने बुझिएपछि सो प्रविधी अपनाउन लागिएको स्रोतको भनाइ छ ।






















