
काठमाडौं । नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका संचालक एवं शेयरधनी रामबहादुर खनाल पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ३, पानीपोखरीबाट पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको प्रहरीले जनाएको छ ।
ठगी तथा संगठित अपराध कसुर मुद्दामा फरार रहेका उनलाई पक्राउ गरिएको हो । रवि लामिछाने समेत भएको सूर्यदर्शन वचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।