जोडिनुहोस
  • होमपेज
  • मलेसियामा जसपानिकट ३१ सदस्यीय नेपाली समाज गठन

मलेसियामा जसपानिकट ३१ सदस्यीय नेपाली समाज गठन

क्वालालम्पुर, मलेसिया- मलेसियाको क्वालालम्पुरमा जनता समाजवादी पार्टी नेपाल नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यक्रम जनता समाज पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आथित्यमा सम्पन्न भएको हो । कार्यक्रमका विशिष्ट अति नेपाली राजदूत मलेसियाका महामहिम डा. नेत्रप्रसाद तिमल्सिना थिए ।बैठकले सर्वसम्मत निर्णय गर्दै नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा विनोद कुमार यादव, उपाध्यक्षहरूमा पूवराज चौलागाईं र ङावाङ नुरी शेर्पा, महासचिवमा विप्लवी तेन्जु योन्जन सचिव विक्रम याख्खा, सहसचिव राम प्रवेश राय यादव र उपसचिवमा घुरण ठाकुर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा भग नारायण यादव, वरहम देव शाह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जीत सन्त, कर्ण विर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनीष यादव, सुदामा यादव, विपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पिताम्बर सरदार चयन भएका छन् । कार्यक्रमले मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच संगठित नेतृत्व र सामाजिक एकतालाई मजबुत बनाएको आयोजकले जनाएको छ। नयाँ कार्यसमितिले प्रवासी नेपालीको हितमा क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका