
काठमाडौँ । बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला( २६ को तस्बिर भन्दै सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बुधबार संखुवासभाका केशरमान राईलाई पक्राउ गरेको हो । उनलाई साइबर ब्युरोले सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
राईविरुद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने भएको छ ।