
काठमाडौँ— खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारी घाइते भएका छन् ।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको भण्डारीको सचिवालयले जानकारी दिएको छ ।
अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ ।
सिलिन्डर राति करिब १० बजेतिर विस्फोट भएको सचिवालयले जानकारी दिएको छ ।