जोडिनुहोस
  • होमपेज
  • जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले यादवलाई हिरासतमा राख्नुको कारण देखाउन जिल्ला प्रहरी परिसर ललितपुरका नाममा आदेश जारी गरेको हो ।

यादवलाई गत वैशाख ७ गते प्रहरीले सप्तरीको राजविराजबाट पक्राउ गरेको थियो । ललितपुर प्रहरीमा उनीविरुद्ध ठगी र आपराधिक विश्वासघात गरेको भन्दै जाहेरी दर्ता भएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको थियो । हाल म्याद थप गरि गरलाई परिसरको हिरासतमा राखिएको छ ।

यादवको तर्फबाट श्रीमती ललिताकुमारी यादवले शुक्रबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका