जोडिनुहोस

हालको खबर

  • होमपेज
  • प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यतामा छैन् : सभापति थापा

प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यतामा छैन् : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेस सभापति गगन थापाले प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुरुपको नहुने बताएका छन् ।

पछिल्लो एक दशकको नेपाली राजनीति बढी सत्ता केन्द्रित भएको टिप्पणी गर्दै सत्ता र शक्ति नै सबै थोक हो भन्ने सोचबाट बाहिर निस्कनुपर्ने थापाले बताए । कांग्रेसभित्र नयाँ पुस्ताको सहभागिता र प्रतिनिधित्व बढाउन आवश्यक रहेको र उनीहरूको नवीन सोच र दृष्टिकोणलाई पार्टीले आत्मसात गर्नुपर्ने उल्लेख गर्दै सभापति थापाले राजनीतिक दलहरूका लागि सत्ता प्राप्ति मात्र अन्तिम लक्ष्य हुन नहुने प्रष्ट पारे ।

ललितपुरमा आइतबार बिहान नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति विषयक साक्षात्कार कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन् । राजनीतिक दलहरूले सत्ताभन्दा विचार, नीति र सिद्धान्तका आधारमा आफूलाई निर्देशित गर्न सरकारलाई थापाले सुझाए ।

प्रदेश सरकार गठनका सन्दर्भमा सबै प्रमुख दलहरू मिलेर सरकार बनाउने र प्रतिपक्षविहीन संसद् बनाउने लोकतान्त्रिक अभ्यासमा मिल्दैन् । कांग्रेसभित्र नयाँ पुस्ताको सहभागिता र प्रतिनिधित्व बढाउन आवश्यक रहेको उनले बताए ।

आफ्नो राजनीतिक यात्राको सुरुवाती दिनहरूको स्मरण गर्दै थापाले २०५१ सालको मध्यावधि निर्वाचनताकाको प्रसङ्गमा भने – तत्कालीन समयमा पार्टीभित्रको आन्तरिक मतभेदका बाबजुद पूर्वप्रधानमन्त्री द्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई एउटै मञ्चमा ल्याएर कार्यक्रम आयोजना गरिएको अनुभव उनले सुनाए ।

ताजा समाचार