
काठमाडौं । कलाकार नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार समिति संयोजकबाट राजीनामा दिएका छन् । बोर्ड नेतृत्वले सल्लाहकार समितिसँग सल्लाह नै नलिइ काम गरेको भन्दै उनले राजीनामा दिएका हुन् ।
बोर्डले पछिल्लो समय आलंकारिक भूमिकामा सल्लाहकार समितिलाई राख्न खोजेको आफूले महसुस गरेको उनको भनाइ छ ।