जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • जङ्गली बँदेलले बालीमा क्षति पुर्‍याएपछि महोत्तरीका किसान चिन्तित

जङ्गली बँदेलले बालीमा क्षति पुर्‍याएपछि महोत्तरीका किसान चिन्तित

महोत्तरी। महोत्तरीमा जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पुर्‍याउन थालेपछि किसान चिन्तित भएका छन् । आहाराको खोजीमा पछिल्लो समय वनबाट गाउँबस्ती छिर्ने बँदेलको सङ्ख्या बढ्दो छ ।

सीमाक्षेत्रका चौरिया, पतैली, मुसरपट्टी र खैरा वरपरका बस्ती नजिक बँदेलको झुण्डले स्थायी बसोबास बढाएको जलेश्वर–५ चौरियाका ७५ वर्षीय रहिमन मण्डलले बताए ।

यस्तै बर्दिबासदेखि १५ किलोमिटर दक्षिणको भङ्गाहा नगरपालिका क्षेत्रका सबै बस्तीमा बँदेलको आतङ्क छ । बँदेलको आतङ्कले घाँसपात गर्न, खेतबारी हेरविचार गर्न र हिडड्लमा निस्कन डर लाग्ने भएको किसानको भनाइ छ ।

बँदेलले धेरैजसो स–साना केराका कोथा, काउली, गहुँ, हरिया तरकारीका बोट उखेलेर खाने गरेको किसानको गुनासो छ ।

धेरै टिप्पणी गरिएका