जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सुरू

ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सुरू

काठमाडौं। अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पको आश्वासनपछि चर्चित सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः सुरू गरेको छ । ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः सुरू गरेको हो ।

राष्ट्रिय सुरक्षालाई उद्धृत गर्दै एपमाथि प्रतिबन्ध लगाउने अमेरिकी कानुनको आधारमा टिकटकले आइतबार अमेरिकामा आफ्नो गतिविधि बन्द गरेको थियो । ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिन सक्ने पनि स्पष्ट पारेका छन् । तर, विगतमा भने ट्रम्प टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा उभिएका थिए ।

गत साता मात्र अमेरिकी सर्वोच्च अदालतले टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा र चीनसँगको सम्बन्ध औल्याउँदै एपमाथि प्रतिबन्ध लगाउने अमेरिकी कानुनको पक्षमा फैसला सुनाएको थियो । यसपछि, अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै टिकटकले आफ्नो सेवा बन्द गरेको घोषणा गरेको थियो ।

अमेरिकामा करिब १७ करोड मानिसले उक्त एप प्रयोग गर्छन् । यसअघि अमेरिकी कंग्रेसले एप गैर चिनियाँ कम्पनीलाई बेच्न पर्ने अन्यथा अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने भन्दै एक कानुन पारित गरेको थियो ।

उक्त प्रतिबन्धले १७ करोड प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता हनन हुने भन्दै प्रतिबन्धलाई फुकुवा गर्न एपका मातृ कम्पनी बाइट डान्सले सुरूमा उच्च र पछि सर्वोच्च अदालतमा अपिल गरेको थियो ।

तर, दुवै अदालतले अमेरिकी कानुनकै पक्षमा फैसला सुनाएको थियो । अदालतको फैसला अनुसार भने आजबाट टिकटकमा प्रतिबन्ध लाग्नेछ । यस्तै आजै ट्रम्पले पद तथा गोपनीयताको शपथ लिँदैछन् भने औपचारिक रूपमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा पुनरागमन गर्दै छन् ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका