
हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी-२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।
तेस्रो विकेटका रुपमा ओपनर पूजा महतो सात बलमा तीन रन बनाउँदै आउट भएकी हुन् । उनलाई तान्जनियाकी बलर निमा पियुषले बोल्ड गरेकी हुन् । पूजा आउट हुँदा नेपालले ३।४ ओभरमा ११ रन बनाएको छ ।