जोडिनुहोस
  • होमपेज
  • तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई जेलबाट ल्याएर समितिद्वारा सोधपुछ

तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई जेलबाट ल्याएर समितिद्वारा सोधपुछ

तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई समितिले सोधपुछ गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले शनिबार शर्मालाई नख्खु जेलबाट ल्याएर सोधपुछ गरेको हो । सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये शर्मालाई समितिको ३४ औँ बैठकमा ल्याएर सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले बताए । विशेष समितिको कार्यविधि अनुसार विभिन्न सहकारी दुरुपयोगमा संलग्न व्यक्तिहरूको सोधखोज भइरहेको समिति सदस्य सरिता भुसालको भनाइ छ ।

हिजो शुक्रबार समितिले डम्बरबहादुर तामाङ, गोरखा बचत तथा ऋण सहकारी संस्था ललितपुरका पूर्वअध्यक्ष डिबी बम्जन, गोरखा बचत तथा ऋण सहकारी संस्था, ललितपुरका अध्यक्ष इमानसिंह राई, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था पुलचोक ललितपुरका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारी, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था कुलेश्वर काठमाडौंका सचिव रामबहादुर गौतमलाई सोधपुछ गरेको थियो । आज समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई सोधपुछ गरिसकेको छ । समितिले आजै गीता शर्मा, शिवि लामा र नुनम सुब्बालाई सोधपुछ गर्ने छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond