जोडिनुहोस
  • होमपेज
  • त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्था कडा

त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने भएपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको हो ।

पूर्वराजा शाहको स्वागतमा समर्थकहरु विमानस्थल प्रवेश गर्न सक्ने भन्दै विमानस्थल वरपर ठाउँ ठाउँमा चेकिङ भइरहेको छ । विमानस्थल गेटबाट भित्र आफन्त लिन जाने, पु¥याउन चाहनेका लागि टिकटको चेकजाँच गरेर मात्रै पठाइरहेको छ ।\

त्यस्तै, विमानस्थल प्रवेश गर्ने गेटबाटै सडक एकतर्फी बनाइएको छ । जानको लागि गेटको प्रयोग गर्न दिइएको छ भने बाहिर निस्कनको लागि एराइभरबाट पठाइएको छ ।

विमानस्थल आसपासमा ठूलो संख्यामा प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा बनाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह आज ३ बजे हवाइमार्गबाट काठमाडौं आउँदैछन् । उनको स्वागतमा राप्रपा र राप्रपा नेपाल लगायत राजावादीहरु विमानस्थल जाने तयारी गरिएको छ ।

धेरै टिप्पणी गरिएका