
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थप हुने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री बस्नेतले दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थप हुने बताएका हुन् । उनले यो सम्झौता राष्ट्रको हितमा भएको पनि बताए । ‘यो राष्ट्रको अहितमा छैन । सजगताका साथ कार्यान्वयन हुन्छ । राष्ट्रको हित हेरिन्छ,’ मन्त्री बस्नेतले भने ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता बिहीबार प्रतिनिधि सभा बैठकबाट अनुमोदन भएको छ ।