
काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाईन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ ।
दुई बच्चा सहित ७७ जना यात्रु लिएर बिहान ७ः१२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज खराव मौसमका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि भद्धैरहवामा आपतकालिन अवतरण गरेको हो ।
आकाशमा अढाई घण्टासम्म आकाशमा उडेको श्री एयरको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि फर्केर ९ः३४ भैरहवामा आपतकालीन अवतरण गरिएको श्री एयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले बताए ।
शाहीका अनुसार काठमाडौंको आकाश खुलेपछि धनगढीबाट जहाज उडेको थियो । तर काठमाडौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाडौंको आकाशमा होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको हो ।
अढाई घण्टासम्म जहाज सम्पर्क बिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु आत्तिकएका थिए । ५० मिनेटमा काठमाडौंमा अवतरण हुनुपर्ने जहाजले काठमाडौंको आकाशमा डेढ घण्टा फन्को लगाएको थियो ।