
प्रहरीले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा झण्डै ३ किलो चरेशसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको केदारस्यु गाउँपालिका ३ बस्ने ३७ वर्षीय रामबहादुर खाती रहेका छन् ।
खातीले चलाएको सुपप्र ०१००१ झ ०५४२ नम्बरको बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्सलाई शंकाका आधारमा चेकजाँच गर्दा २ किलो ८ सय ग्राम लागुऔषध चरेस भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदीप चन्दले बताए ।
पक्राउ परेका चालक र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।