
काठमाडौं । धादिङमा हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खनियाबास गाउँपालिका–१ झार्लाङका २४ वर्षीय नेशन तामाङ छन् ।
प्रहरीका अनुसार, उनीमाथि सोही ठाउँका ४५ वर्षीय रामबहादुर तामाङको हत्या गरेको आरोप लागेको छ । पुस १४ गते राति नेशन र अर्का ४५ वर्षीय खलासे तामाङले लेनदेन विवादमा रामबहादुरलाई कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका रामबहादुर मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा बिहीबार निधन भएको प्रहरीले जनाएको छ ।
फरार रहेका खलासेको खोजी भइरहेको छ