
काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा मंगलबार थाइल्यान्डको थाई एयरलाइन्स अवतरण गर्न असफल भएको छ।
काठमाडौंको धुम्म परेको मौसमका कारण विमान ओभरसुट गर्दा पनि अवतरण गर्न असफल भएको विमानस्थलले जनाएको छ।
विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय जहाजको उडान र आन्तरिकतर्फको जहाज उडान र अवतरणमा भने कुनै समस्या छैन।
दिल्लीबाट आएको एयर इन्डियाको जहाजले ओभर सुट गरेर ल्यान्ड गरेको थियो तर थाई एयरको विमानले भने ल्यान्ड गर्न सकेको छैन।
आन्तरिकतर्फको रन वे लामो भएकाले जहाज उडान र अवतरणमा केही समस्या नरहेको बताइन्छ।