
काठमाडौं।नागढुंगा सुरुङमार्गबाट करिब १० मिटरमाथिको जमिन भासिएको छ ।
सुरुङमार्गको मुख्य प्रवेशद्वारबाट करिब १० मिटरमाथि चन्द्रागिरी नगरपालिका–१ बस्नेतछाप टोटी टोलमा करिब १० मिटर जमिन भासिएको हो ।
स्थानीय प्रकाश रेग्मीका अनुसार सो स्थानमा घर भएको भए दुईतला भासिने थियो । सुरुङमार्ग आसपासका अन्य क्षेत्रमासमेत त्रास बढेको छ । जमिन भासिन थालेपछि हामी त्रासमा छौं ।
जमिन भासिएपछि त्यसबारे छलफल गर्न स्थानीय अगुवाको बैठक बस्ने तयारी भएको उनको भनाइ छ ।