
नेकपा एकीकृत समाजवादीले सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित गर्ने भएको छ । आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकले उक्त निर्णय गरेको हो । पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने विधानमा व्यवस्था गरेको उपाध्यक्ष डा बेदुराम भुसालले बताए । यस्तै पार्टीले नेताहरूको उमेर हद पनि कायम नराख्ने भएको सम्मानित नेता झलनाथ खनालले बताए ।