
काठमाडौं । पाँच खेलको टी-२० शृखंलाअन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको हो ।
नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । १५ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरिन् ।
यस्तै ज्योती पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाइन् । कविता कुँवर २ रनमा आउट भइन् । विन्दु रावल ३ र कविता जोशी १ रनमा अविजित रहे ।
मलेसियाको लागि निक नुर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेड अन्नेले समान एक विकेट लिए ।