जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा लाग्नेछुः नित्यानन्द पाण्डे

न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा लाग्नेछुः नित्यानन्द पाण्डे

काठमाडौं। सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा आफू समर्पित भएर लागिपर्ने बताएका छन् ।

शुक्रवार सिंहदरबारमा संसदीय सुनुवाइको क्रममा आफ्नो न्यायिक अवधारण तथा कार्ययोजना प्रस्तुत गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रस्तावित न्यायाधीश पाण्डेले न्यायको अनुभूति हुनेगरी न्याय सम्पादन गराउनका लागि न्यायिक सद्विवेकको समेत आफूले प्रयोग गर्ने बताए ।

स्वतन्त्र, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादन नै न्यायाधीशको मुख्य कार्यभार र दायित्व भएको उल्लेख गर्दै उहाँले त्यसका लागि इमान्दार, निष्ठा र लगनशीलता साथ न्याय सम्पादन गर्ने बताए । प्रस्तावित न्यायाधीश पाण्डेले स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादनको दायित्व पूरा गर्न आफूले सक्दो पहल गर्ने पनि बताए ।

उनले भने, ‘स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादनको प्रत्याभूति सुनिश्चित गरी न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने कार्यमा समर्पित रहने नै मेरो संकल्प हो । म सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति भएमा सो पदको कार्य सम्पादन जिम्मेवारी सम्बन्धमा मेरो कार्ययोजना र प्रतिबद्धता बुँदागत रुपमा पेश गरेको छु । स्वतन्त्र, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादन नै न्यायाधीशको मुख्य कार्यभार र दायित्व हो । इमान्दार, निष्ठा र लगनशीलता साथ गरिने कार्यबाट यो कार्यभार र दायित्व निर्वाह गर्न सकिन्छ भन्नेकुरामा म विश्वस्त छु । यही विश्वास र संकल्पका साथ स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादनको दायित्व पूरा गर्ने मेरो भरपुर प्रयत्न रहनेछ । स्वतन्त्र, निष्पक्ष एवं सक्षम न्यायपालिकाको मूल्यमान्यतालाई आत्मासात गर्दै संविधान, कानून र न्यायका मान्य सिद्धान्तका आधारमा न्यायिक सदविवेकको समेत प्रयोगद्वारा न्यायको अनुभूति हुनेगरी न्याय सम्पादन गर्ने कार्य गर्नेछु ।’

प्रस्तावित न्यायाधीश पाण्डेले न्यायलयमा सबैको पहुँच वृद्धि गर्ने कुरालाई पनि आफूले जोड दिने बताए ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका