जोडिनुहोस
  • होमपेज
  • पत्रकार सविना कार्कीको आँखाको अवस्था गम्भीर, आँखाभित्र रगत जाम भएको चिकित्सकको प्रष्टिकरण

पत्रकार सविना कार्कीको आँखाको अवस्था गम्भीर, आँखाभित्र रगत जाम भएको चिकित्सकको प्रष्टिकरण

काठमाडौं । शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएकी पत्रकार सविना कार्कीको आँखाको अवस्था गम्भीर रहेको तिलगंगा आँखा अस्पतालका चिकित्सकहरूले बताएका छन्। उपचारमा संलग्न डा. शिवान्सी श्रेष्ठका अनुसार चोटका कारण कार्कीको दृष्टि निकै कम भएको छ। आँखा भित्रको पर्दा (रेटिना) कस्तो अवस्थामा छ भन्ने कुरा तत्काल पहिचान गर्न नसकिएको उनको भनाइ छ।

ूदुवै आँखाको लेन्स सुन्निएको छ र आँखाभित्र रगत जमेको (हाइफिमा) अवस्था देखिएको छ, डा. श्रेष्ठले बताइन्। भिजन एकदमै कम छ र बाहिरी छालासमेत च्यातिएको देखिन्छ। आँखाको नानी वरिपरिका भागहरू पनि राम्ररी देखिएको छैन। अहिलेलाई सूजन र रगत जमेको अवस्थालाई कम गर्ने औषधि उपचार सुरु गरिएको छ। डा. श्रेष्ठका अनुसार, औषधिले सुधार आएपछि मात्र वास्तविक क्षति मूल्याङ्कन गरेर आवश्यक परे सर्जरी गर्ने तयारी हुनेछ।

भिडिओ एक्सरे परीक्षणले रेटिना च्यातिएको देखाएको छैन, तर रगत र सूजनका कारण भित्री अवस्था प्रष्ट नदेखिएको जनाइएको छ। आवश्यक परे सीटी स्क्यान गर्ने सल्लाह समेत चिकित्सकले दिएका छन्। अहिलेकै अवस्थामा नर्मल भन्न सकिँदैन,डा. श्रेष्ठले भनिन्, पछाडि पर्दामा गम्भीर चोट भएमा उपचार र निको हुन लामो समय लाग्न सक्छ।

सबिना कार्कीको चोट गम्भीर भएकाले उनको दृष्टि र आँखाको स्वास्थ्यबारे अझै केही दिन हेरेर मात्र स्पष्ट निष्कर्ष निकाल्न सकिने तिलगंगा अस्पतालले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका