
सर्वोच्च अदालतले न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको निधनबाट न्याय र कानुनको क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको सर्वोच्चले जनाएको छ । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक फूलकोटले उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधनमा उच्च अदालत पाटन, हेटौंडा इजलास तथा ती मातहतका जिल्ला अदालत शोक बिदाका रूपमा बन्द रहने निर्णय गरेको छ ।
‘न्यायाधीश मरासिनीको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ’, पूर्ण बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्यायाधीश मरासेनीको मंगलबार बिहान हृदयघातका कारण निधन भएको थियो । उनी न्यायाधीशका रूपमा सेवारत रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न एवं न्याय र कानुनको क्षेत्रको विकासका लागि पुर्याएको योगदान अतुलनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।