
इस्लामावाद— पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)लाई ऋण सेवा लागत ८५ खर्ब पाकिस्तानी रुपैयाँ पुग्ने जानकारी दिएको छ ।
प्रतिकुल आर्थिक अवस्थाका कारण यो वर्ष करिब ६ अर्ब ५० करोड अमेरिकी डलरको वैदेशिक ऋण जुटाउन देशले चुनौती सामना गरिरहेको छ ।
यस बाह्य वित्तिय अन्तरलाई सम्बोधन गर्न, पाकिस्तानी अधिकारीहरूले आईएफएफ कार्यक्रमसँग निरन्तर संलग्नता भए पनि आईएमएफ को सहायताको लागि अनुरोध गरेका छन्।
यस विषयमा आईएमएफले प्रश्न उठाएको छ र अर्को हप्ता यसको मूल्याङ्कन प्रदान गर्नेछ। सरकारी स्रोतहरूले आईएमएफका कर्मचारीहरूले बढ्दो ऋण सेवा लागतका कारण पाकिस्तानको बजेट घाटा प्रारम्भिक अनुमानभन्दा बढी हुने अनुमान गरेको खुलासा गरेका छन्।
वार्तामा पाकिस्तानको ऋण व्यवस्थापन कार्यालयले पनि समावेश हुने छ जहाँ कर्मचारी अभावको साथै र विदेशी अनुदान प्राप्त सल्लाहकारहरूमात्र रहेका छन् ।