
पाकिस्तानमा रेल अपहरणमा परेका मध्ये ३०० जना यात्रु मुक्त भएका छन् । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएका मध्ये ३०० जना मुक्त भएको सुरक्षा अधिकारीहरूले जानकारी गराएका हुन् ।
हालसम्म ३०० जना यात्रुको उद्धार भएको र सुरक्षा बलको कारबाहीमा ३३ जना लडाकू मारिएको सेनालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । समूहका लडाकुहरूले मंगलबार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई अपहरण गरेका थिए ।
बलुच लिबरेशन आर्मीले रेलमा रहेका धेरै यात्रु र सुरक्षा बलका कर्मचारीहरू आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आफूहरूविरुद्ध कुनै कारबाही गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको समाचारमा ृल्लेख छ क्वेटाका एक वरिष्ठ रेल्वे अधिकारी मुहम्मद काशिफले रेलमा चार सयदेखि पाँच सय जना यात्रु रहेको बताएका छन् ।
बन्धकहरूलाई मुक्त गर्न सेनाले कारबाही चलाइरहेको छ । यो अभियानमा सुरक्षाकर्मीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन् ।