
काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएपछि सर्वोच्चमा दर्ता गराएको निवेदनमा सोमबार कैफियत आदेश माग भएको हो ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रतीकलाई थुनामा राख्नुपर्ने भनी उच्च अदालतले गरेको आदेश झिकाउने आदेश गरेको हो ।