
दाङ – लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।
लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउँदैछ । लुम्बिनीको पहिलो प्रदेश सरकार २०७४ साल फागुन ३ गते बनेको थियो ।
प्रदेश स्थापना दिवसको अवसरमा सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उहाँले शून्य संरचनाबाट शुरु भएको प्रदेश स्थापनाको यो अवधिमा प्रदेश सभा र सरकारले केही गति लिएको अनुभूति हुन थालेको उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग) रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया गरी १२ वटा जिल्ला छन् ।