जोडिनुहोस
  • होमपेज
  • प्रहरी चौकी खार्पाले १२ वर्षपछि बनायो आफ्नै भवन

प्रहरी चौकी खार्पाले १२ वर्षपछि बनायो आफ्नै भवन

खोटाङ– स्थापनाको १२ वर्षपछि रावाबेँसी गाउँपालिका–२ खार्पास्थित प्रहरी चौकी खार्पाले आफ्नै भवन निर्माण गरिएको छ । दुई करोड ९५ लाख ३२ हजार रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

विसं २०६९ मा स्थापना भएको खार्पा प्रहरी चौकीले अघि साबिक खार्पा गाउँ विकास समिति (गाविस) कै पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो ।

स्थापना भएको १२ वर्षसम्म साँघुरो तथा कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । नवनिर्मित भवनमा साना ठूलो गरी ११ कोठा छन् । साढे दुईतले सो भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, महिला र पुरुष ब्यारेक, प्रमुख आवाश तथा मरोजञ्जन हल निर्माण गरिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले आइतबार सो भवनको उद्घाटन गरेका हुन् । सुविधा सम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा प्रवाह गर्न मनोबल बढ्ने उनको भनाइ थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका